राष्ट्रपति पौडेल जनकपुरधाममा

हिमाल प्रेस ८ असोज २०८० १०:१७
18
SHARES
राष्ट्रपति पौडेल जनकपुरधाममा राष्ट्रपति रामचन्द्र पौडेललाई सोमबार जनकपुरधामको जानकी मन्दिरमा स्वागत गरिँदै । तस्बिर : रासस

जनकपुरधाम– राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जनकपुरधाम भ्रमणमा आएका छन्। नेपाली सेनाको जहाजबाट जनकपुर विमानस्थलमा उत्रिएका उनलाई जनकपुर विमानस्थलमा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोज यादव, पूर्वउपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, संघीय सांसद, नगरप्रमुख तथा सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए।

पौडेल जनकपुरधामको जानकी मन्दिरमा पूजाअर्चना गरेका छन्।  विमानस्थलबाट सीधै जानकी मन्दिर पुगेका राष्ट्रपतिलाई मूल महन्त रामतपेश्वर दाससहित प्रदेशका मन्त्री तथा सांसदले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेल करिब ४० मिनेट जानकी मन्दिरमा पूजाअर्चनामा सहभागी भएका थिए । राष्ट्रपति पौडेल ६ दशकदेखि अनवरत रुपमा हुँदै आइरहेको सीताराम राम संकीर्तनमा समेत केही बेर सहभागी भएका थिए।

जानकी मन्दिरको पूजाअर्चनापछि राष्ट्रपति पौडेल मधेश प्रदेशका प्रदेशप्रमुख हरिशंकर मिश्रको निवासमा विश्रामका लागि पुगेका छन्।

राष्ट्रपति पौडेल दिउँसो १ बजे नवनिर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति अध्ययन केन्द्रको भवन उद्घाटन गर्ने कार्यक्रम छ। साथै राष्ट्रपतिलाई जनकपुरधाम उपमहानगरपालिकाले नागरिक अभिनन्दन गर्नेछ। महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रको उद्घाटन गरेपछि सोही भवनको सभाहलमा उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो।

प्रकाशित: ८ असोज २०८० १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast