द्विपक्षीय वार्ता सुरु हुनुअघि चिनियाँ प्रधानमन्त्रीले भने : दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ

हिमाल प्रेस ८ असोज २०८० ९:५२ | Monday, September 25, 2023
द्विपक्षीय वार्ता सुरु हुनुअघि चिनियाँ प्रधानमन्त्रीले भने : दुई देशको सम्बन्धमा नयाँ ऊर्जा थपिएको छ

बेइजिङ- चिनियाँ प्रधानमन्त्री ली छ्याङले चीन-नेपालबीचको सम्बन्धमा नयाँ ऊर्जा थपिएको बताएका छन्। चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको द्विपक्षीय वार्ता सुरु हुनुअघि दिएको छोटो स्वागत मन्तव्यमा उनले सो धारणा राखेका हुन् ।

प्रधानमन्त्री छ्याङले नेपालका प्रधानमन्त्री दाहालको यस भ्रमण द्विपक्षीय सम्बन्धको विस्तार र सुदृढीकरण गर्न थप सहयोग बनेको बताए। चिनियाँ राष्ट्रपति सि चिनफिङसँगको भेटमा भएका कुराकानीबाट दुई देशको सम्बन्धका विविध आयाममा छलफल हुनु सुखद् रहेको प्रधानमन्त्री छ्याङले बताए।

उनले प्रधानमन्त्री दाहालले चीन–नेपाल सम्बन्धलाई थप सुमधुर बनाउन योगदान पुर्याएको उल्लेख गरे। प्रधानमन्त्री छ्याङले नेपालको सदीयौँ पुरानो एक छिमेकी रहेको चीनले सदैव नेपालको विकास, समृद्धि र हित चाहेको धारणा राखेका थिए। हाल बेइजिङस्थित ग्रेट हल अफ दि पिपुल्स कंग्रेसमा द्विपक्षीय भेटवार्ता जारी छ।

प्रधानमन्त्री प्रचण्ड र उनका चिनियाँ समकक्षी ली छ्याङबीच बेइजिङमा द्विपक्षीय भेटवार्ता भएको छ। यहाँको स्थानीय समयअनुसार बिहान ११ बजे ग्रेट हल अफ दि पिपलमा भेटवार्ता भएको हो। दुई नेताबीच नेपाल–चीन सम्बन्धका विविध पक्ष एवं द्विपक्षीय हित र चासोका विषयमा विचारविमर्श भएको छ।

भेटवार्तामा परराष्ट्रमन्त्री एनपी साउदसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूसमेत सहभागिता थिए।भेटवार्तापछि द्विपक्षीय सहयोग एवं सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम छ। रासस

प्रकाशित: ८ असोज २०८० ९:५२ | Monday, September 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast