नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी

हिमाल प्रेस ७ असोज २०८० ११:२५ | Sunday, September 24, 2023
नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारी।

काठमाडौँ- नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपाली शब्दकोशबाट ॐ शब्द नहटाउन चेतावनी दिएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको आइतबारको बैठकमा सम्बोधन गर्दै उनले शब्दकोशबाट ॐ नहटाउन चेतावनी दिएका हुन्। उनले यो कुरा सत्य हो भने त्यसलाई सच्याउन पार्टी नेतृत्वको ध्यानाकर्षण गराए।

भण्डारीले भने, ‘नेपाली शब्दकोशबाट ॐ हटाउने जुन कुरा आएको छ। त्यसबारे सरकारबाट स्पष्ट जानकारी चाहियो। यदि सत्य हो भने सरकारले त्यस्तो कार्य तुरुन्त बन्द गरोस्।’ यस्तै उनले सदीयौँदेखि रहेको वैदिक सनातन धर्मविरुद्धमा सनातनीहरूलाई जिस्क्याउने र अपमान गर्ने काम भइरहेको भन्दै आपत्ति जनाए। उनले भने, ‘सरकार के हेरेर बसेको छ? यसबारे पार्टीको दृष्टिकोण के हो?’ नेता भण्डारीले पार्टी महासमिति बैठक हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए।

मुलुक इतिहासमै सबैभन्दा संकटमा पुगेको भनाइ भण्डारीको छ। उनले भने, ‘यसको कालो दाग कांग्रेस पार्टीलाई नलागोस्। किनभने मुलुकको यस्तो अवस्था आउनुमा कांग्रेस सबैभन्दा बढी जिम्मेवार छ।’

पार्टी स्थापना कांग्रेसको आफ्नो विचार र नीतिले भए पनि ‘कथित’ राजनीतिक व्यवस्थापनका नाममा १२ बुँदे सहमतिसँगै पार्टीले आफ्नो मूल विचार छोडेको भण्डारीको भनाइ छ। उनले भने, ‘त्यसै बेलादेखि कांग्रेस र मुलुक दुवै संटकमा परेका हुन्।’

नेता भण्डारीले पार्टी महासमिति बैठक हिन्दु राष्ट्रका विषयमा छलफल हुनुपर्नेमा जोड दिए। उनले परापूर्वदेखि विभिन्न जातजाति र धार्मिक समुदाय मिलेर बसेको देशमा पहिचानको मुद्दा अघि सारेर त्यसलाई बिथोल्न खोजिएको बताए। उनले मुलुकका समसामयिक मुद्दा र विकासका विषयमा पार्टीको स्पष्ट दृष्टिकोण नभएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए।

प्रकाशित: ७ असोज २०८० ११:२५ | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast