देउवालाई पौडेलको प्रश्न, एक हजारको कमिटी बनाएर भ्रातृ संगठनको अधिवेशन सम्भव हुन्छ?

हिमाल प्रेस ७ असोज २०८० ९:५० | Sunday, September 24, 2023
देउवालाई पौडेलको प्रश्न, एक हजारको कमिटी बनाएर भ्रातृ संगठनको अधिवेशन सम्भव हुन्छ? फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिमा भ्रातृ संगठनका अधिवेशन हुन नसकेको विषयमा प्रश्न उठेको छ। पार्टीको जारी केन्द्रीय समिति बैठकमा आइतबार बोल्दै नेता प्रदीप पौडेलले यस्तो प्रश्न उठाएका हुन्।

उनले भ्रातृ संगठनमा धमाधम मनोनीत गरिएको विषयमा पनि आपत्ति जनाए।

पौडेलले सभापति शेरबहादुर देउवालाई प्रश्न गरे, ‘एक हजारको कमिटी बनाएर भ्रातृ संगठनको अधिवेशन सम्भव हुन्छ? यसरी मनोनीति गरिएका व्यक्तिहरू अधिवेशनका प्रतिनिधि हुन्छन् कि पर्यवेक्षक हुन्छन्?’ भ्रातृ संगठनको अधिवेशन सुनिश्चित गर्न उने माग गरे।

यस्तै पौडेलले अनुशासन समितिले सिद्धान्त बनाएर काम गर्न नसकेको बताए। उनले भने, ‘अनुशासन समितिको एउटा सिद्धान्त हुनुपर्छ। सिद्धान्तविहीन हुँदा समितिले गरेका काममा त्रुटि छन्।’

प्रकाशित: ७ असोज २०८० ९:५० | Sunday, September 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast