सुन तस्करी प्रकरण : छानबनिका लागि उच्चस्तरीय आयोग गठन नगरेकोप्रति एमालेको असन्तुष्टि

हिमाल प्रेस ६ असोज २०८० १२:४४ | Saturday, September 23, 2023
सुन तस्करी प्रकरण : छानबनिका लागि उच्चस्तरीय आयोग गठन नगरेकोप्रति एमालेको असन्तुष्टि

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करी सम्बन्धमा सरकारले उच्चस्तरीय छानबिन आयोग गठन नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेको छ।

उच्चस्तरीय छानबिन आयोग गठनका लागि शुक्रबार सिंहदरबारमा बसेको बैठकमा एमालेले यसअघि भएको सहमतिअनुसार छानबिन आयोग गठन गर्न सरकार तयार नदेखिएको भन्दै आपत्ति जनाएको थियो।

छलफलपछि एमाले सचेतक महेश बर्तौलाले यसअघि भएको सम्झौताअनुसार असोज ५ गते भित्रै आयोग गठन हुनुपर्नेमा नभएकोले पार्टीको आपत्ति रहेको बताए। उनले शुक्रबार नै आयोगको घोषणा नभए विश्वासघात भएको ठानिने जिकिर गरे।

यता कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने सहमति पालना गर्ने काम सत्तापक्षबाट भएको जिकिर गरे। भदौ ६ गते भएको सहमति अनुसार नै टिओआरमा राखौँ भन्दा एमाले नेताहरूले पार्टीमा छलफल गर्ने बताएकाले बैठक निष्कर्षमा पुग्न नसकेको उनले बताए।

नेताहरूले पार्टीभित्र छलफल गरेर पुनः उच्चस्तरीय छानबिन आयोगबारे छलफल गर्ने बताएका छन्। यसअघि दलहरूबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो। सीर्आइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको थियो।

प्रकाशित: ६ असोज २०८० १२:४४ | Saturday, September 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast