शिक्षा विधेयक सबैले स्वीकार्ने खालको बनाउने कांग्रेसको प्रतिबद्धता

हिमाल प्रेस ५ असोज २०८० १७:३६ | Friday, September 22, 2023
शिक्षा विधेयक सबैले स्वीकार्ने खालको बनाउने कांग्रेसको प्रतिबद्धता फाइल तस्बिर

काठमाडौँ– सत्तारुढ दल नेपाली कांग्रेसले संसद्‌मा दर्ता भएको विद्यालय शिक्षा विधेयक संसदीय प्रक्रियाबाटै सर्वस्वीकार्य बनाउने प्रतिबद्धता जाहेर गरेको छ। पार्टी केन्द्रीय कार्यलय सानेपामा जारी केन्द्रिय कार्यसमितिको बैठकमार्फत् कांग्रेसले उक्त निर्णय गरेको हो।

केन्द्रीय समितिको जारी बैठकका बीचमा उक्त निर्णय गरेर सार्वजनिक गरिएको हो। कांग्रेसले शिक्षक र सरकारलाई सार्थक वार्ता गर्न पनि आग्रह गरेको छ।

‘संसद्‌मा दर्ता भएको विधेयकलाई संसदीय प्रक्रियाबाट नै आवश्यक संशोधन र परिमार्जनका माध्यमबाट सर्वस्वीकार्य बनाउने पहलकदमी लिने प्रतिबद्धता जाहेर गर्दै सरकार र आन्दोलनरत पक्षलाई सार्थक वार्ताको माध्यमबाट यथाशीघ्र समाधान खोज्न, विद्यालयको पठन पाठन सुचारु गर्न नेपाली कांग्रेसको कार्यसमिति आग्रह गर्दछ,’ कांग्रेसले निर्णय गरेको छ।

प्रकाशित: ५ असोज २०८० १७:३६ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast