छायांकनमा ‘डिग्री माइला’

हिमाल प्रेस ५ असोज २०८० १२:१९ | Friday, September 22, 2023
छायांकनमा ‘डिग्री माइला’

काठमाडौँ- फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को छायांकन सुरु गरिएको छ। शुक्रबार ओखलढुंगास्थित रुम्जटारबाट फिल्मको छायांकन सुरु गरिएको हो।

रामबाबु गुरुङको निर्देशनमा बन्ने फिल्ममा आँचल शर्मा, दयाहाङ राई, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नेछन्।

आगामी नयाँ वर्षमा प्रदर्शन हुने भनिएको फिल्म शैक्षिक बेरोजगारीले युवापुस्तामा ल्याएको निराशापनमा आधारित छ। बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मको ट्यागलाइन ‘किन चाउरियो मरिच, आफ्नै रागले’ राखिएको छ।

फिल्म ‘डिग्री माइला’ नाटकमा आधारित छ। नाटकमा मुख्य भूमिकामा रहेका कलाकार दयाहाङ राईले नै निर्देशन गरेका थिए। नाटकका लेखक सायद अशोक हुन्।

प्रकाशित: ५ असोज २०८० १२:१९ | Friday, September 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast