राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा.डा. त्रिपाठीलाई

हिमाल प्रेस ४ असोज २०८० १३:१६ | Thursday, September 21, 2023
राष्ट्रकवि माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा.डा. त्रिपाठीलाई

काठमाडौँ– राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई प्रदान गरिने भएको छ।

नेपाली भाषा, कला, साहित्य, संस्कृति र ज्ञानविज्ञानको उन्नयनका लागि २०५३ सालमा स्थापना भएको मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक माधव घिमिरे पुरस्कार वरिष्ठ समालोचक प्रा डा त्रिपाठीलाई प्रदान गर्न लागेको हो। पुरस्कारको राशि एक लाख र ताम्रपत्र छ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजीव घिमिरेद्वारा मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी १६ लाखको अक्षयकोष स्थापना गरिएसँगै उक्त अक्षयकोषबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिने निर्णयअनुसार पहिलो पटक प्रा डा त्रिपाठीलाई पुरस्कार प्रदान गर्न लागिएको हो।

तनहुँको भानु नगरपालिका निवासी त्रिपाठीले त्रिभुवन विश्वविद्यालयबाट नेपाली विषयमा पहिलो पटक विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्। २०३४ सालमा मदन पुरस्कार प्राप्त गरेका त्रिपाठीले लेखनाथ पुरस्कारसमेत पाइकेका छन्।

उक्त पुरस्कार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीको अवसर पारेर यही असोज ७ गते प्रदान गर्न लागिएको प्रतिष्ठानका उपाध्यक्ष भाग्यशाली अधिकारीले जानकारी दिइन्।

प्रकाशित: ४ असोज २०८० १३:१६ | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast