गगन थापाले शिक्षकलाई भने : हामी संसद्‌बाट विधेयक सच्याउँछौ, विद्यालय बन्द नगरौँ

हिमाल प्रेस ४ असोज २०८० १२:१० | Thursday, September 21, 2023
गगन थापाले शिक्षकलाई भने : हामी संसद्‌बाट विधेयक सच्याउँछौ, विद्यालय बन्द नगरौँ

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयक संसद्मा संशोधन गर्ने बताएका छन्। उनले शिक्षकहरूलाई विद्यालय बन्द नगर्न आग्रह गर्दै आफूहरू विधेयक संशोधन गनं संसद्मा संघर्ष गर्ने बताएका हुन्।
उनले बिहीबार सामाजिक सञ्जालमा लेख्दै शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने बताएका छन‍्।

‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसद्मा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्।

शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताए। शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनको भनाइ छ।

‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो,’ उनले लेखेका छन्, ‘हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’

प्रकाशित: ४ असोज २०८० १२:१० | Thursday, September 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast