एआईबाट सताइएका अनिल कपुर

हिमाल प्रेस ३ असोज २०८० १६:०१ | Wednesday, September 20, 2023
एआईबाट सताइएका अनिल कपुर

काठमाडौँ- आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण हलिउडका लेखक र कलाकार चार महिनायता आन्दोलनमा छन्। हलिउडमा एआईको प्रयोग बढेपछि कामको सुनिश्चितताका लागि उनीहरू आन्दोलनमा उत्रिएका हुन्।

अब बलिउडमा पनि एआईको प्रभाव देखिन थालेको छ। आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गरी आफ्नो तस्बिर र आवाजको दुरुपयोग गरेको आरोप अनिल कपुरले लगाएका छन्। त्यसका लागि उनले अदालतको ढोका ढकढक्याएका छन्। आफ्नो तस्बिर र ‘झक्कास’ डाइलग स्वीकृतिबिना प्रयोग गर्न नपाउने आदेश दिन अनिलले अदालतमा अपिल गरेका छन्।

अभिनेताको स्वीकृतिबिना उनको नाम, तस्बिर, आवाज व्यावसायिक कारोबारका लागि प्रयोग गर्न पाउने निर्णय दिल्ली उच्च अदालतले गरेको छ। बीबीसी हिन्दीका अनुसार अदालतले अन्तरिम आदेशमा सामाजिक सञ्जाल, ई–कमर्स वेबसाइटलगायतलाई बलिउड अभिनेताको प्रचार अधिकार उल्लघंन गर्नबाट रोक लगाएको छ।

प्रकाशित: ३ असोज २०८० १६:०१ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast