शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ नगरौँ : कांग्रेस महामन्त्री शर्मा

हिमाल प्रेस ३ असोज २०८० १४:०० | Wednesday, September 20, 2023
शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ नगरौँ : कांग्रेस महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षकलाई आफ्नो प्रधान दायित्व नभुल्न अपिल गरेका छन्। देशभरका शिक्षकहरू विद्यालय बन्द गरेर राजधानी केन्द्रित सडक आन्दोलनमा उत्रिएपछि महामन्त्री शर्माले यस्तो अपिल गरेका हुन्।

उनले शिक्षकहरूलाई आफ्ना समस्या संवादमार्फत समाधान गर्न पनि आग्रह गरेका छन्। ‘प्रत्येक शिक्षकको आत्मसम्मान अभिवृद्धि गर्ने/गराउने कर्तव्य राज्यको हो भने प्रत्येक विद्यार्थीको शैक्षिक भविष्यमा नकारात्मक असर पर्न नदिने अभिभावकत्व शिक्षकको प्रधान दायित्व हो’, महामन्त्री शर्माले बुधबार सामाजिक सञ्जालमा लेखेका छन्।

उनले शिक्षकहरूले अघि सारेका न्यायोचित माग सम्बोधन गर्न सरकालाई पनि अपिल गरेका छन्। ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। वर्षौँपछि निर्माण हुँदै गरेको संघीय शिक्षा ऎनमार्फत वर्षौँदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ’, उनको भनाइ छ।

महामन्त्री शर्माले एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भन्दै लोकतान्त्रिक राज्यले लाखौँ शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गन नहुनेमा जोड दिएका छन्। ‘अतः संवादमार्फत तत्काल समाधान खोजेर विद्यालय अविलम्ब सुचारु गर्न गराउन सरकार र शिक्षक नेतृत्वलाई अपिल’, महामन्त्री शर्माले भनेका छन्।

‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा देशभरका विद्यालय बन्द गरेर शिक्षकहरूले बुधबारदेखि राजधानी केन्द्रित आन्दोलन थालेका छन्।

प्रकाशित: ३ असोज २०८० १४:०० | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast