गणतन्त्र संस्थागत गर्न संविधान संशोधन : जसपा

हिमाल प्रेस ३ असोज २०८० १०:३३ | Wednesday, September 20, 2023
गणतन्त्र संस्थागत गर्न संविधान संशोधन : जसपा

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले संविधान संशोधन अपरिहार्य भएको बताएको छ।

संविधान दिवसको अवसरमा पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको धारणा सार्वजनिक गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई संस्थागत गर्न संविधान संशोधन गर्नुपर्ने बताएका हुन्।

पार्टीको धारण सार्वजनिक गर्दै भनिएको छ ,‘जनता समाजवादी पार्टी, नेपालले मुलुकमा पहिचानसहितको संघीयता र समावेशी राज्य निर्माण गर्न चाहन्छ।’ पार्टीले भनेको छ,‘पूर्ण समानुपातिक संसद् र प्रत्यक्ष जन निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको व्यवस्था, शक्तिशाली जनलोकपाल गठन गरी भ्रष्टाचार अन्त्य, न्याय प्रणालीलाई सङ्घीय स्वरूपमा पुनर्संरचना गर्ने, नागरिकतामा विद्यमान लैंगिक विभेदको अन्त्य र सबै नेपाली नागरिकलाई नागरिकता प्रदान गर्ने मान्यतामा दृढ रहेको छ।’

प्रकाशित: ३ असोज २०८० १०:३३ | Wednesday, September 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast