 उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल
                             उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल
                                            काठमाडौँ- नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानको रक्षा र यसको सार्थक कार्यान्वयनका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन्।
संविधानसभाअध्यक्ष सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज (मंगलबार) धनगढीमा आयोजित ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा पौडेलले नेम्वाङको नेतृत्वदायी भूमिकाकै कारण संविधान जारी हुन सफल भएको बताए।
दुनियाँका उत्कृष्ट लोकतान्त्रिक संविधानको सूचीमा नेपालको संविधान रहेको उल्लेख गर्दै उनले भने, ‘यो संविधान निर्माणमा स्व. नेम्वाङले खेल्नुभएको भूमिका अतुलनीय छ।’
                            प्रकाशित: २ असोज  २०८० २१:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 