भारतमा एक छात्रावासमा एकैपटक सय जना विद्यार्थी बिरामी

हिमाल प्रेस २ असोज २०८० १८:०२ | Tuesday, September 19, 2023
भारतमा एक छात्रावासमा एकैपटक सय जना विद्यार्थी बिरामी फाइल तस्बिर : इण्डिया टुडे

जबलपुर (मध्य प्रदेश)- छात्रावासको पाकशालामा खाना खाएका १ सय जनाभन्दा बढी विद्यार्थी बिरामी भएर अस्पताल भर्ना भएका छन्।

मध्यप्रदेशको जबलपुर जिल्लास्थित एक आवासीय विद्यालयको छात्रवासको भान्सामा खाना खाँदा ती विद्यार्थी बिरामी परेका हुन्। बिरामी सबैजना अस्पताल भर्ना भएका छन्। जिल्लाको रामपुर छपर क्षेत्रमा रहेको विद्यालयका विद्यार्थीले सोमबार राति खाना खाएपछि पेट दुखेको भन्दै वान्ता गर्न थालेका थिए।

अधिकांश विद्यार्थीले तारन्तार वान्ता गर्न थालेपछि विद्यालयका कर्मचारी, स्थानीयवासी र प्रहरीले उनीहरूलाई अस्पताल लगेका थिए। प्रमुख चिकित्सा तथा स्वास्थ्य अधिकृत डा. सञ्जय मिश्रका अनुसार सोमबार राति विद्यालयको छात्रावासमा गरेको भोजन विषाक्त भएकाले उनीहरू सबै बिरामी भएका हुन्।

अहिले उनीहरू सबैको अवस्था स्थिर छ। चिकित्सकको निगरानीमा उनीहरूलाई २४ घण्टासम्म अस्पतालमा नै राखिने बताइएको छ। रासस/एएनआई

प्रकाशित: २ असोज २०८० १८:०२ | Tuesday, September 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast