काठमाडौँ- फिल्म ‘हात्तीछाप’को फस्र्टलुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरसँगै फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। फिल्म माघ २६ मा प्रदर्शनमा आउनेछ। पोस्टरमा अभिनेता सौगात मल्ल देखिएका छन्। जसमा उनलाई ‘बोतल राजा’का रूपमा प्रस्तुत गरिएको छ।
सिमोस सुनुवारको निर्देशन, प्रदीप भारद्धाजको लेखन रहेको फिल्ममा सौगातसँगै दयाहाङ राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, राजन खतिवडा, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विल्सनविक्रम राईलगायत कलाकार रहनेछन्।
काठमाडौँ र पोखरामा खिचिएको फिल्ममा सुशन प्रजापतिको छायांकन छ। सामाजिक कथालाई कमेडीको शैलीमा प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ।
प्रकाशित: २ असोज २०८० १३:०६ | Tuesday, September 19, 2023
प्रतिक्रिया





