न्यायाधीश नहुँदा सन्दीप लामिछानेको मुद्दा आज पनि स्थगित

हिमाल प्रेस १ असोज २०८० ११:१४ | Monday, September 18, 2023
न्यायाधीश नहुँदा सन्दीप लामिछानेको मुद्दा आज पनि स्थगित फाइल तस्बिर

काठमाडौँ- नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको बलात्कार मुद्दाको अन्तिम बहस सोमबार नहुने भएको छ।

यसअघि पटकपटक पेसी चढेर पनि अन्तिम बहस हुन नसक्दा मुद्दाले किनारा पाउन सकेको छैन। सोमबार सन्दीपको मुद्दा स्थगितमा परेको हो।

गोलाप्रथाद्वारा अदालतमा मुद्दाको तय हुने गरेको छ। कुनै न्यायाधीश बिदामा रहँदा उनीहरूकोमा समेत पेसी पर्ने सम्भावना हुने गर्छ। यस्तो अवस्थामा मुद्दा स्थगनमा पर्ने गरेको छ।

सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले सन्दीपको मुद्दा केशव घिमिरेको इजलासमा तय भएपनि उनी बिदामा भएका कारण आजको सुनुवाइ स्थगित भएको बताए।

यसअघि गत २१ भदौमा पछिल्लो पटक सन्दीपको पेसी रहेको थियो। उक्त दिन न्यायाधीश सकुन्तला कार्कीको इजलासमा वादी पक्षले दिनभर बहस गरेपछि उनले बसाइँसराइको कागजको ढड्डा झिकाउन आदेश दिएकी थिइन्। उक्त आदेश अनुसारको ढड्डा अदालतमा आइसकेको छ।

प्रकाशित: १ असोज २०८० ११:१४ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast