तीजमा नाच्नेक्रममा चक्कु प्रहार हुँदा एकको हत्या

हिमाल प्रेस १ असोज २०८० १०:३८ | Monday, September 18, 2023
तीजमा नाच्नेक्रममा चक्कु प्रहार हुँदा एकको हत्या सांकेतिक तस्बिर

काठमाडौँ- पाल्पामा आइतबार राति एक जनाको हत्या भएको छ। तिनाउ गाउँपालिका–२ घोंडेबासका २४ वर्षीय सुनिल खत्रीको हत्या भएको हो।

स्थानीय एक घरमा भेला भएर तीज गितमा नाच्नेक्रममा सामान्य झगडा हुँदा गएराति साढे १२ बजे खत्रीमाथि धारिलो हतियार चक्कु प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाँदा राति पौने दुई बजे चिकित्सकले मृत घोषणा गरेको उनले बताए।

हत्याको आरोपमा ४ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १ असोज २०८० १०:३८ | Monday, September 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast