काठमाडौँ- नेपाल वायुसेवा निगमले आव २०७९/८० को पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितातर्फ लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
उत्तीर्ण उम्मेदवाहरूको कम्प्युटर सीप परीक्षण र अन्तर्वार्ता कार्यक्रम मिति तोक्दै निगमले सोमबार सूचना प्रकाशित गरेको छ।
सूचनामा उम्मेदवारहरूलाई अनिवार्य रूपमा प्रवेश पत्र र शैक्षिक योग्यता, समावेशी सम्बन्धी प्रमाणपत्र, आवश्यक अनुभवको प्रमाणपत्र लगायत सम्बन्धित सक्कल कागजातहरू सहित अन्तर्वार्ताका लागि निगमको केन्द्रीय कार्यालयमा तोकिएको समयभन्दा १ घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ।
वरिष्ठ सहायक, वरिष्ठ लेखा सहायक, वरिष्ठ प्राविधिक पदको नतिजा सार्वजनिक गरेको हो।
अन्तरवार्ताको मिति र स्थानलगायतबारे जानकारीका लागि सूचना हेर्नुहोस्ः
प्रकाशित: १ असोज २०८० ७:४७
प्रतिक्रिया