गैह्रीगाउँ सामूहिक हत्या प्रकरण

आरोपितले कापीमा लेखे : मैले चारजना मारेको हुँ

हिमाल प्रेस ३१ भदौ २०८० १७:१० | Sunday, September 17, 2023
आरोपितले कापीमा लेखे : मैले चारजना मारेको हुँ

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित दिव्य सःमिलमा भएको सामूहिक हत्या प्रकरणमा सीसीटीभीको फुटेजको आधारमा पक्राउ गरेकै व्यक्तिले घटनाको आफूले घटाएको स्वीकार गरेका छन्। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनी एक्लैले चारै जनाको हत्या गरेको खुलेको हो। प्रहरीले उनीबारे केही पनि सार्वजनिक गरिसकेको छैन।

उनलाई प्रहरी परिसरको विशेष टोलीले पक्राउ गरेको हो। शुक्रबार राति मिलको सुरक्षागार्डका रूपमा काम गर्ने दोलखाका कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, कुमारकी आमा शुभद्रा भुजेल र मोरङ बेलबारीका नवीन राईको धारिलो हतियार प्रयोग गरेर हत्या भएको थियो।

सीसीटीभी फुटेजको आधारमा प्रहरीले हत्या स्वीकारेका व्यक्तिलाई पक्राउ गरेको थियो। उनलाई पक्राउ गर्दा प्रहरीले उनको साथबाट हत्या गर्न प्रयोग भएको खुकुरी पनि बरामद गरेको थियो।

प्रहरीले घटनाबारे जानकारी दिन प्रहरी कार्यालय पुगेका नवीन राईका आफन्त दीपेन्द्र राईलाई नै नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो। साथै नवीनका आफन्तले दीपेन्द्रविरुद्ध दिएको किटानी जाहेरी पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गरेको थिएन। प्रहरीले घटनामा दीपेन्द्र संलग्न नभएको निष्कर्ष पनि निकालेको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न उपत्यका अरापध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्र राठौरको नेतृत्वमा समिति गठन नै गरेको थियो।

हत्या स्वीकारेका व्यक्ति बोल्न नसक्ने व्यक्ति भएको प्रहरीले जनाएको छ। उनले कापीमा लेखेर चारै जनालाई आफूले हत्या गरेको स्वीकारेका हुन्। उनले प्रहरीसँग बयान दिँदा ‘आई किल्ड फोर पिपल’ लेखेपछि प्रहरीले उनी नै हत्यारा भएको निष्कर्ष निकालेको हो। उनी करिब २२ वर्षको भएको बताइएको छ। उनले सांकेतिक भाषामा कक्षा १२ पास गरेको पाइएको छ।

उनले नवीनसँग आफ्नो दुष्मनी भएको पनि बयानमा क्रममा कापीमा लेखेका छन्। उनले नवीनको हत्या गरेको अन्य व्यक्तिले देखेपछि उनीहरूको पनि हत्या गरेको स्वीकारेका छन्।

प्रकाशित: ३१ भदौ २०८० १७:१० | Sunday, September 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast