चिकित्सकमाथि कुटपिट प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु

हिमाल प्रेस ३१ भदौ २०८० १३:३७
4
SHARES
चिकित्सकमाथि कुटपिट प्रकरण : सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु

काठमाडौँ- मकवानपुरको हेटौँडामा चिकित्सकमाथि आक्रमण भएपछि देशव्यापी आन्दोलन जारी छ। चिकित्सकहरूको जीउधनको सुरक्षाको माग गर्दै नेपाल चिकित्सक संघले नै आन्दोलनको नेतृत्व गरिरहेको छ। चिकित्सकहरू अत्यावश्यक सेवाबाहेक सबै सेवा ठप्प पार्दै आन्दोलित भएपछि सरकारले वार्ताका लागि आह्वान गरेको थियो।
अहिले आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारको वार्ता टोलीबीच वार्ता सुरु भएको छ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले स्वास्थ्य मन्त्रालयमा वार्ता सुरु भएको जानकारी दिए।
सरकारी वार्ता टोलीमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कानुन, न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधि रहेका छन्। यस्तै, संघको तर्फबाट डा. अनिलविक्रम कार्की, डा. सञ्जिव तिवारीलगायत सहभागी छन्।

भदौ २७ गते सन्चो अस्पतालका डाक्टर विकास थापा र डा. प्रशान्त विडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा हातपात गरिएको थियो।

नेपाल चिकित्सक संघले डाक्टरमाथि आक्रमण गर्नेलाई कानुनी कारबाहीको प्रक्रिया अगााडि बढाउन दबाब दिँदै आइतबार देशभरका अस्पतालको आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ।

संघले देशभरका ओपिडि सेवा बन्द गर्ने निर्णय गरेसँगै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले शुक्रबार नै ५ सदस्यीय वार्ता समिति बताएका थिए। सो समितिले आइतबार संघलाई पत्राचार गर्दै वार्ताका लागि बोलाएको हो।

प्रकाशित: ३१ भदौ २०८० १३:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast