गैरीगाउँ हत्या प्रकरण : घटनाको छानविन गर्न समिति गठन

हिमाल प्रेस ३० भदौ २०८० १२:४१ | Saturday, September 16, 2023
गैरीगाउँ हत्या प्रकरण : घटनाको छानविन गर्न समिति गठन

काठमाडौँ– काठमाडौँ वडा नम्बर ३१ स्थित तीनकुनेको गैरीगाउँ घटनाको छानबिन गर्न प्रहरीले छानिवन समिति गठन गरेको छ।
उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानबिनका लागि एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो।

उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन्।

समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन्। राति करिब १२ बजेको समयमा सोही ठाउँमा ४ जनाको हत्या भएको थियो।

प्रकाशित: ३० भदौ २०८० १२:४१ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast