रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

हिमाल प्रेस ३० भदौ २०८० ११:२८ | Saturday, September 16, 2023
रौतहटमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौँ- ट्रकको ठक्करबाट रौतहटमा एक जनाको मृत्यु भएको छ। जिल्लाको फतुवा विजयपुर नगरपालिकाको सन्तपुर दोस्तिया चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो।

बजारमा सिमेन्ट पुर्‍याएर निजगढतर्फ जाँदै गरेको ना ५ ख ३४५१ नम्बरको ट्रकले ना ५१ प ४९४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा फतुवा विजयपुर १ का ३५ वर्षीय उमेश यादवको घटनास्थलमै मृत्यु भएको हो।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको स्थानीयवासीको भनाइ छ । ट्रकले ब्याक गरेर किच्दा मोटरसाइकल चालकको ज्यान गएको आरोपसमेत उनीहरूले लगाएका छन्।

ट्रकको ठक्करबाट यादवको टाउको क्षतविक्षत भएको थियो भने मोटरसाइकल पनि पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।

घटना लगतै ट्रक चालक बारा निजगढ ६ का मुकुन्द पोखरेल माथि स्थानीयवासीले हातपात गरेका थिए। इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियाबाट गएको टोलीले सुरक्षा दिँदा स्थानीयवासी र प्रहरीबीच झडप भएको थियो।

झडपमा प्रहरीले ३ राउन्ड हवाइ फायर गरेको थियो ।

प्रकाशित: ३० भदौ २०८० ११:२८ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast