काठमाडौँको गैरीगाउँमा चारजनाको हत्या

चारैजनाको खुल्यो पहिचान, शंकास्पद एक पक्राउ

हिमाल प्रेस ३० भदौ २०८० ७:०७ | Saturday, September 16, 2023
काठमाडौँको गैरीगाउँमा चारजनाको हत्या

काठमाडौँ- काठमाडौँको तीनकुनेस्थित गैरीगाउँमा चारजनाको हत्या भएको अवस्थामा शव फेला परेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव फेला परेको जानकारी दिए। घटना राति १२ बजेतिरको भएको अनुमान गरिएको छ।

दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती सुभद्रा वाइबा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राईको शव भेटिएको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले जानकारी दिए।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले अनुसन्धानका लागि एकजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा २८ वर्षीय दीपेन्द्र राई छन्। राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। घटना अनुसन्धानका लागि प्रहरी र तालिमप्राप्त कुकुरको समेत परिचालन गरिएको छ।

प्रकाशित: ३० भदौ २०८० ७:०७ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast