यस्तो छ आजको मौसम

हिमाल प्रेस ३० भदौ २०८० ६:३१ | Saturday, September 16, 2023
यस्तो छ आजको मौसम फाइल तस्बिर।

काठमाडौँ- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ।

साथै भारतको मध्य प्रदेश र आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जसका कारण सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमतीमा आंशिकदेखि सामान्य बदली रहेको छ।

सुदूरपश्चिमका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यकामा भने बिहानैदेखि घाम लागिरहेको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र बाँकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनेछ।

लुम्बिनी प्रदेशका केही स्थानमा भने हावाहुरीसमेत भल्ने महाशाखाको अनुमान छ। यसैगरी, राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

प्रकाशित: ३० भदौ २०८० ६:३१ | Saturday, September 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast