दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु

हिमाल प्रेस २९ भदौ २०८० ६:५६ | Friday, September 15, 2023
दैलेखमा चट्याङ लागेर एकजनाको मृत्यु

काठमाडौँ- दैलेखको महाबुगाउँपालिका–१ खरिगैरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। बिहीबार साँझ चट्याङ लागेर गाउँपालिका–१ खरिगैरा बस्ने ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको हो।

चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपकसिंह बिष्टले बताए।

यसैगरी दैलेखका विभिन्न ठाउँमा चट्याङ लागेर १९ जना घाइते भएका छन्। महाबु–१ खरिगैरामा १६ जना, नारायण नगरपालिका–४ तामेखोलामा २ जना र डुङ्गेश्वर गाउँपालिका–६ मा १ जना घाइते भएका हुन्।

महाबु गाउँपालिका–१ खरिगैराका ५६ वर्षीय दलबहादुर गुरुङ, ४७ वर्षीय जयबहादुर गुरुङ, १७ वर्षीया रोशनी गुरुङ, १७ वर्षीय खरजंग गुरुङ र आठ वर्षीया सम्झना गुरुङ,घाइते भएका हुन्।

खरिगैरा नै बस्ने ५५ वर्षीय शेरबहादुर सेन, ५० वर्षीया मनसरा जैसी र ५० वर्षीय मीनबहादुर थापा ४७ वर्षीया शान्ति गुरूङ, ४५ वर्षीया भद्रदेवी खत्री, ४५ वर्षीय कविराज थापा,४१ वर्षीया गंगा सेन, ४० वर्षीया विनिता सेन र ३२ वर्षीया पदमाकुमारी सेन घाइते भएका छन् ।

महाबु–१ खरिगैरामा चट्याङ लागेका १६मध्ये ६ जनाको अवस्था गम्भीर छ। पाँचजनालाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको छ भने एकजनाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ।

यस्तै नारायण नगरपालिका–४ तामेखोलामा ४७ वर्षीया पार्वती कठायत र ४२ वर्षीया नन्दा कठायत घाइते भएको प्रहरीले जनाएको छ। दुवै जनालाई थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेत लगिएको छ। यसैगरी डुङ्गेश्वर–६ माथिल्लो लयाटीमा २६ वर्षीया रेखा बुढा घाइते भएकी छन् । उनलाई सुर्खेत पठाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ भदौ २०८० ६:५६ | Friday, September 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast