स्वार्थीपन त्याग्न सकेमात्रै पार्टी र सरकार बलियो हुन्छ : शेखर कोइराला

हिमाल प्रेस २७ भदौ २०८० १९:०७ | Wednesday, September 13, 2023
स्वार्थीपन त्याग्न सकेमात्रै पार्टी र सरकार बलियो हुन्छ : शेखर कोइराला

धुलिखेल- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपीको विचारलाई अवलम्बन गरेर अगाडि बढ्न सकेमात्रै पार्टी र सरकार बलियो हुने बताएका छन्।

बीपी स्टडी युथ सर्कलले आज (बुधबार) काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘बिपी जयन्तीका अवसरमा देशैभरिका युवाको विशेष विचार सम्मेलन’मा उनले आफूमा भएको अहंतालाई त्याग्न नसकेका कारण बिग्रने क्रम सुरु भएको बताए।

नेता कोइरालालले बीपीले भनेको विचारभन्दा ठीक विपरीत व्यक्तिवादी चरित्र, साम्प्रदायिकतामा रम्ने, स्वार्थीपन र इसारामा हिँड्ने व्यवहार बढी भएका कारण त्यसलाई त्याग्न सकेमा मात्रै सबैचिज बलियो हुने तर्क गरे।

पार्टीभित्र व्यक्तिवादी सोच बदल्दै सरकारमा पनि अर्थतन्त्रको सोच बदल्न आवश्यक रहेको उनको भनाइ छ। नेता कोइरालाले देशलाई बलियो बनाउन संघीयतालाई पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै प्रदेशलाई शक्तिशाली बनाउन नसकेका कारण कमजोर बन्दै गएको बताए। -रासस

प्रकाशित: २७ भदौ २०८० १९:०७ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast