काठमाडौँ- विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बुधबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेका हुन्। विधेयकमा विद्यालय तहको शिक्षाका विषय समेटिएका छन्। संसद्df पेस गर्नका लागि केही समयअघि मात्रै मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरेको थियो।
प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ। यो विषयमा निजी विद्यालयका सञ्चालकहरूले विरोध गर्दै आएका छन्।
विधेयकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ। प्रस्तावित विधेयक जस्ताको तस्तै पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ।
प्रकाशित: २७ भदौ २०८० ११:३६ | Wednesday, September 13, 2023
प्रतिक्रिया





