बेपत्ता गुल्मपतिको शव भेरी नदीमा भेटियो

हिमाल प्रेस २७ भदौ २०८० ९:०९ | Wednesday, September 13, 2023
बेपत्ता गुल्मपतिको शव भेरी नदीमा भेटियो

काठमाडौँ- लामो समयदेखि बेपत्ता रहेका नन्दबक्स गुल्मका गुल्मपति विमल पण्डितको शव फेला परेको छ।
डोल्पामा मंगलबार भेटिएको शव गुल्मपति पण्डितकै भएको पुष्टि भएको हो। भदौ १० गतेदेखि पण्डित सम्पर्कविहीन थिए।

मंगलबार माछा मार्ने क्रममा शव फेला पारेको थियो। उनीहरूले खदाङ प्रहरीलाई जानकारी गराएका थिए।

डोल्पाका प्रहरी प्रमुख, डीएसपी शिव बुढाथोकी, नेपाली सेनाको टोलीले बगाएर ल्याएको अवस्थामा भेरी नदीको चेपबाट शव निकालेको थियो। उक्त शवलाई सदरमुकाम ल्याएपछि औंठी र घडीको सहायताले पहिचान गरिएको जिल्ला प्रहरी डोल्पाले जानकारी दिएको छ।

सेनानी पण्डितको शव मंगलबार राति नै पोष्टमर्टमका लागि जिल्ला अस्पताल पठाइएको पनि बुढाथोकीले जानकारी दिए।

उनी ब्यारेकबाट स्थानीय जिप भाडामा लिएर त्रिपुराकोट गएको खुलेको छ। जिल्ला प्रहरी प्रमुख बुढाथोकीका अनुसार उनले नगेन्द्र बस्नेतले चलाउँदै आएको बोलेरो भाडामा लिएका थिए।

प्रकाशित: २७ भदौ २०८० ९:०९ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast