आजका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित

हिमाल प्रेस २७ भदौ २०८० ७:५७ | Wednesday, September 13, 2023
आजका लागि तोकिएको प्रतिनिधिसभा बैठक स्थगित प्रतिनिधिसभाको आइतबार बसेको बैठक। तस्बिर : रासस

काठमाडौँ- संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनका कारण आज (बुधबार)का लागि राखिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले सभामुखले नेम्वाङप्रति शोक प्रस्ताव पारितको प्रयोजनका लागि भदौ २८ गते बिहीबार दिउँसो ३ बजे अर्को बैठक तोकेको जानकारी दिए।

नेम्वाङको मंगलबार राति हृदयघातका कारण निधन भएको थियो। उनको बिहीबार नै अन्तिम संस्कार गरिने बताइएको छ।

प्रकाशित: २७ भदौ २०८० ७:५७ | Wednesday, September 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast