अब विद्यार्थीलाई जंकफुड होइन तागतिलो खानेकुरा, इटहरी उपमहानगरले बनायो मेन्यू

हिमाल प्रेस २६ भदौ २०८० २१:०६ | Tuesday, September 12, 2023
अब विद्यार्थीलाई जंकफुड होइन तागतिलो खानेकुरा, इटहरी उपमहानगरले बनायो मेन्यू

इटहरी- इटहरी क्षेत्रका सामुदायिक विद्यालयहरूमा अध्ययनरत छात्रछात्राहरूलाई अबदेखि दिवा खाजा पकाएरै खुवाउनुपर्ने अनिवार्य नियम बनाएको छ उपमहानगरपालिकाले अबदेखि विद्यार्थीलाई तागतिलो खानेकुरा खुवाउन अनिवार्य नियम बनाएको हो।

जंकफुड नखुवाउन उपमहानगरले पहिलोपटक दिवा खाजाको टेण्डर जारी गरेको हो। ​उपमहानगरपालिकाले हरेक दिन फरक-फरक खाजाको मेन्यूसहित बोलपत्र आह्वानसमेत गरिसकेको छ।

उपमहानगरपालिका खरिद शाखाका अनुसार आइतबार प्रतिविद्यार्थी २१० ग्राम तीन किसिमका फलफूल खुवाउनुपर्नेछ। सोमबार भुटेको अण्डा र चिउरा खुवाउनुपर्नेछ। शाकाहारीका लागि भने मटरसँगै पनिर र चिउरा खुवाउनुपर्नेछ। मंगलबार मिक्स गेडागुडीसँगै चिउरा खुवाउपर्नेछ। बुधबार चामलको खीर र तरकारी खुवाउनुपर्नेछ।

उपमहानगरपालिकाद्वारा सार्वजनिक गरिएको सूचनामा बिहीबार दही, चिउरा र तरकारी खुवाउनुपर्नेछ। यस्तै शुक्रबार खसी वा कुखुराको मासु र चिउरा खुवाउनुपर्नेछ । शाकाहारीका लागि भने मटरपनिर र चिउरा खुवाउनुपर्नेछ।

सार्वजनिक विद्यालयहरूमा बालबालिकालाई विद्यालयमा टिकाउन र गुणस्तर वृद्धि गर्न दिवा खाजा कार्यक्रम कक्षा १ देखि ६ सम्मका विद्यार्थीका लागि खुवाउँदै आइएको छ

यसअघि संघीय सरकारले स्थानीय तहमार्फत विद्यार्थीको दिवा खाजाको रकम विद्यालयलाई प्रदान गर्दै आएको थियो। तर विद्यालयमा समयमै रकम नआउँदा खाजा खुवाउन समस्या हुने गरेको विद्यालय प्रशासनले जनाउँदै आएको थियो।

इटहरी उपमहानगरपालिकाले अब नयाँ मेन्यू सार्वजनिक गरेसँगै दिवा खाजा कार्यक्रमका लागि चालू आर्थिक वर्षमा ९ करोड ३२ लाख ६ हजार २० रुपैयाँ ८८ पैसा खर्च हुने उपमहानगरपालिकाले जनाएको छ।

मेयर हेमकर्ण पौडेलले संघीय सरकारबाट प्राप्त १ करोड ९८ लाख रुपैयाँ ८४ हजार संघीय सरकारबाट प्राप्त अनुदान र बाँकी उपमहानगरपालिकाले दिवा खाजामा लगानी गर्ने बताए।

इटहरी क्षेत्रमा दिवा खाजा खुवाउनुपर्ने ५० वटा शिक्षालय रहेका छन्, जसमा सामुदायिक, धार्मिक र बालविकास केन्द्र पर्दछन्। यी विद्यालयका ८ हजार २८ जना दिवा खाजा कार्यक्रमबाट लाभान्वित हुने उपमहानगरपालिका खरिद शाखाका खेम श्रेष्ठले बताए।

प्रकाशित: २६ भदौ २०८० २१:०६ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast