नेम्बाङको निधनले देउवा स्तब्ध

हिमाल प्रेस २६ भदौ २०८० ६:५४ | Tuesday, September 12, 2023
नेम्बाङको निधनले देउवा स्तब्ध फाइल तस्बिर।

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्बाङको निधनले स्तब्ध भएको बताएका छन्।

आज बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै देउवाले संविधानसभाका अध्यक्षसमेत रहेका नेम्बाङको निधनले स्तब्ध भएको बताएका हुन्।

‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवास नेम्बाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’

नेम्बाङको गएराति निधन भएको थियो। नेम्बाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ।

प्रकाशित: २६ भदौ २०८० ६:५४ | Tuesday, September 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast