काठमाडौँ- जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सका ४ जना एजेन्सी मेनेजरले सिंगापुरमा नेपाली झण्डा फहराएका छन्। सिंगापुरमा आयोजित एमडीआरटी ग्लोबल कन्फेरेन्समा सहभागी अभिकर्ताले नेपाली झण्डा फहराएका हुन्।
विभिन्न देशका बिमा अभिकर्ताको प्रतिष्ठित संस्था एमडीआरटीले आफ्नो ग्लोल कन्फेरेन्स सिंगापुरमा गरेको हो। अगस्ट २७ देखि ३० अगस्टसम्म चलेको कार्यक्रममा विश्वभरबाट करिब ७ हजार ५ सय जनाको उपस्थिति रहेको थियो।
नेपाल लाइफ इन्स्योरेन्सबाट कार्यक्रममा रामचन्द्र गौतम, रमा बुढाथोकी बस्नेत, सोमली शेर्पा र नेत्रकुमारी बुढाथोकी कार्यक्रममा सहभागी थिए।
प्रकाशित: २५ भदौ २०८० २०:२१ | Monday, September 11, 2023
प्रतिक्रिया



