सनराइज क्यापिटलको शैक्षिक पहल– पुँजी बजारमा युवा सशक्तीकरण

हिमाल प्रेस २५ भदौ २०८० १३:३५ | Monday, September 11, 2023
सनराइज क्यापिटलको शैक्षिक पहल– पुँजी बजारमा युवा सशक्तीकरण

काठमाडौँ- सनराइज क्यापिटल लिमिटेड, लक्ष्मी-सनराइज बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो। यसले हालै युवा तथा विद्यार्थी लक्षित पुँजी बजार लगानीसम्बन्धी शैक्षिक पहल सुरुवात गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरिएको यस कार्यक्रमले देशभरका विद्यार्थीमा साक्षरता अभियान पुर्‍याउने, व्यक्ति र संस्था दुवैलाई सशक्तीकरण गर्ने उद्देश्य राखेको छ।

सनराइज क्यापिटलले धनगढीस्थित एसपीए कलेजमा लगानीकर्ता जागरूकता कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीले भाग लिएका थिए। सनराइज क्यापिटल लिमिटेडका इन्भेस्टमेन्ट बैंकिङ्का विभागीय प्रमुख विनोद आलेले डिम्याट खाता, यसको सञ्चालन, पोर्टफोलियो व्यवस्थापन, म्युचुअल फण्डलगायत विषयमा प्रशिक्षण दिएका थिए।

प्रकाशित: २५ भदौ २०८० १३:३५ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast