सरकार घेराबन्दीमा परेपनि भ्रष्टाचारका फाइल खोलिरहन्छौँ : कानुनमन्त्री

हिमाल प्रेस २५ भदौ २०८० ७:१४ | Monday, September 11, 2023
सरकार घेराबन्दीमा परेपनि भ्रष्टाचारका फाइल खोलिरहन्छौँ : कानुनमन्त्री फाइल तस्बिर

काठमाडौँ- कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सुशासन कायम गर्ने सन्दर्भमा पछाडि नहट्ने दाबी गरेका छन्।

नेपाली कांग्रेस स्याङ्जाले आज स्याङ्जा सदरमुकाममा बीपी कोइरालाको एक सय १०औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘बीपी विचार गोष्ठी’ कार्यक्रममा उनले सुशासन कायम गराउने सन्दर्भमा कसैलाई पनि छाड्न हुन्न भन्ने पक्षमा आफू रहेको बताए।

‘सुशासन कायम गर्ने क्रममा ठूला फाइलहरु खोल्दा सरकारलाई घेराबन्दी हुन पनि सक्छ’, उनले भने, ‘सुशासन कायम हुन्छ भने सरकार ढलेर केही फरक पर्दैन।’

कुनै पनि पार्टीको मुख नहेरी जो सुकै भए पनि भ्रष्टाचारीहरूलाई कानुनी कारबाहीमा ल्याउनैपर्छ भन्ने पक्षमा आफू सदैव उभिने उनको दाबी थियो। ‘भोलि सरकार रहला नरहला, म पदमा रहुँला नरहुँला त्यसले केही फरक पार्दैन’, उनले भने, ‘तर भ्रष्टाचारी भनेको भ्रष्टाचारी नै हो जो सुकै भए पनि कानुनी दायरामा ल्याउनै पर्छ भन्ने पक्षको अडानमा म रहन्छु।’

कांग्रेसका केन्द्रीय उपसभापतिसमेत रहेका मन्त्री गुरुङले बीपीले देखाएको मार्गदर्शनमा हिँड्न सके ठीक र हिँड्न नसक्नेहरु गलत हुने बताए। ‘बीपीले देखाएको मार्गदर्शनलाई व्यवहारमा कार्यान्वयन गर्न नसके काम छैन’, उनले भने, ‘बोलेरभन्दा पनि कर्मबाट बीपीका मार्गदर्शनहरुलाई पछ्याउँदै हिँड्न सकेको खण्डमा सफलता प्राप्त हुन्छ।’

प्रकाशित: २५ भदौ २०८० ७:१४ | Monday, September 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast