उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज

हिमाल प्रेस २४ भदौ २०८० २०:१० | Sunday, September 10, 2023
उपप्रधानमन्त्री खड्का अस्पतालबाट डिस्चार्ज फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन्। स्वास्थ्यमा समस्या देखिएपछि खड्का भदौ १३ गते छाउनीस्थित नेपाली सेनाको वीरेन्द्र अस्पतालमा भर्ना भएका थिए।

सोही दिन उक्त अस्पतालका कमान्डान्ट प्राविधिक सहायक रथी प्राडा भरतबहादुर भण्डारीको नेतृत्वको चिकित्सक टोलीले खड्काको ‘प्रोस्टेट (बीपीएच)’ शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।

शल्यक्रियापश्चात् स्वास्थ्य लाभका लागि अस्पतालमा रहेका उपप्रधान तथा रक्षामन्त्री खड्का आइतबार साढे ३ बजे अस्पतालबाट डिस्चार्ज भएको वीरेन्द्र अस्पतालले जनाएको छ। रासस

प्रकाशित: २४ भदौ २०८० २०:१० | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast