एसिया कप : सुपर फोरमा बंगलादेशको दोस्रो हार

हिमाल प्रेस २४ भदौ २०८० ६:४७ | Sunday, September 10, 2023
एसिया कप : सुपर फोरमा बंगलादेशको दोस्रो हार

काठमाडौँ- एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर फोरमा बंगलादेशले लगातार दोस्रो हार बेहोरेको छ। शनिबार राति श्रीलंकासँग २१ रनले हारेसँगै बंगलादेशले सुपर फोरमा दोस्रो हार बेहोरेको हो।

श्रीलंकाको कोलोम्बोमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको बंगलादेशले २५८ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङ गरेको बंगलादेश २३६ रनमै अलआउट भएको थियो। पहिले ब्याटिङ गरेको श्रीलंकाले सदिरा समराविक्रमाको ९३ रनको मद्दतमा २५७ रन बनाएको थियो।

यसअघि सुपर फोरको पहिलो खेलमा बंगलादेश पाकिस्तानसँग ७ विकेटले हारेको थियो। प्रतियोगिताअन्तर्गत आइतबार (आज) दिउँसो भारत र पाकिस्तानबीच खेल हुनेछ।

प्रकाशित: २४ भदौ २०८० ६:४७ | Sunday, September 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast