काठमाडौँ- सिद्धार्थ बैंक लिमिटेडले दोस्रो ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक’को अवार्ड प्राप्त गरेको छ।
सातौं न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस् कार्यक्रममा बैंकलाई उक्त अवार्ड दिइएको हो। अवार्ड सिद्धार्थ बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले ग्रहण गरेका हुन्।
उपाधिले आगामी दिनहरूमा अझ व्यवस्थित ढंगले सेवा प्रदान गर्न प्रेरित गरेको बस्यालले बताए।
सिद्धार्थ बैंकले १९३ शाखा, २१५ एटीएम, ११८ शाखारहित बैंकिङ एकाइ र १ हजार ८०० भन्दा बढी पीओएस मेसिनमार्फत देशभर सेवा दिइरहेको छ।
प्रकाशित: २९ मंसिर २०७९ १३:१६ | Thursday, December 15, 2022
प्रतिक्रिया



