ज्वरो र निमोनिया देखिएपछि अस्पताल भर्ना भएका थिए रिजाल

डेंगु संक्रमण देखिएको थियो : अस्पताल

हिमाल प्रेस २१ भदौ २०८० ९:३२
18
SHARES
ज्वरो र निमोनिया देखिएपछि अस्पताल भर्ना भएका थिए रिजाल

काठमाडौँ- उपचारका क्रममा निधन भएका काठमाडौँ महानगरपालिका वडा नंं १६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमण देखिएको अस्पतालले जनाएको छ।

उपचारका क्रममा आज बिहान ०७ः३० बजे निधन भएको उपचार भइरहेको ग्राण्डी अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार उच्च ज्वरो र निमोनियाँ देखिएपछि उनलाई अस्पताल लगिएको थियो। ५ दिनको उपचार अवधिमध्ये २ दिन आईसीयू र २ दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीकाअनुसार उनको पार्थिक सरीरलाई श्रद्धाञ्जली दिनका लागि बिहान ११ बजेदेखि राष्ट्रिय सभा गृहमा राखिनेछ। त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिनेछ।

नगर कार्यपालिकाअन्तर्गत पूर्वाधार समितिका संयोजक समेत रहेका रिजाल २०७४ सालको स्थानीय तह सदस्य निर्वाचनबाट पनि वडाध्यक्ष निर्वाचित भएका थिए।

उनको जन्म २०२७ साल कात्तिक १९ गते भएको हो।

काठमाडौँ महानगरपालिका वडा-१६ का वडाध्यक्ष रिजालको निधन

प्रकाशित: २१ भदौ २०८० ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast