 
                             
                                            काठमाडौँ- कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ।
आज एक सूचना जारी गर्दै राष्ट्रिय परीक्षा बोर्डले असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने जनाएको हो।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षामा सहभागी हुन चाहनेहरूले भदौ २२ गतेभित्र परीक्षा शुल्क बुझाउनुपर्ने पनि सूचनामा उल्लेख छ।

                            प्रकाशित: २० भदौ  २०८० ८:१३ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 