काठमाडौँ- काठमाडौँ महानगरपालिकाले आज (शुक्रबार) पनि काठमाडौँका विभिन्न क्षेत्रमा सवारी आवगमन निषेध गर्ने भएको छ।
आज गुँलागा दुतिया र गाईजात्रा मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालान गर्न नदिइने काठमाडौं महानगरपालिकाले यसअघि नै जनाइसकेको छ।
असन–केलटोल–इन्द्रचोक मखन–जैशिदेवल ज्याबहाल–लगन चोक–हनुमानढोका दरबार परिसर–गोफल–ब्रम्हटोल–गोफल ब्रम्हटोल–मरू टोललगायत विभिन्न सडकमार्गमा सवारी साधन प्रवेश गर्न नदिने महानगरपालिकाले सार्वजनिक सूचना निकालेर जानकारी दिइसकेको छ।
प्रकाशित: १५ भदौ २०८० ६:५०
प्रतिक्रिया