सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सीआइबीको टोली भारततर्फ

हिमाल प्रेस १४ भदौ २०८० २१:४१ | Thursday, August 31, 2023
सुन तस्करी प्रकरण : अनुसन्धानका लागि सीआइबीको टोली भारततर्फ हङकङबाट ल्याइएको तस्करीको सुन पगालिँदै।

काठमाडौँ- हङकङबाट तस्करी गरी ल्याइएको ६१ किलो सुन तस्करीका विषयमा छानबिनका लागि सूचना संकलन गर्न नेपाल प्रहरीले सीआइबीका एक अधिकृतसहितको टोलीलाई भारत पठाएको छ।

बुधबार सोही प्रकरणको थप सूचना संकलनका लागि सीआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यलाई हङकङ पठाएको प्रहरीले बिहीबार भारततर्फ टोली पठाएको हो।

अहिले भारत गएको टोलीले भारतस्थित नेपाली राजदूतावासमा रहेका प्रहरी वरिष्ठ उपरीक्षक उमाप्रसाद चतुर्वेदीसँग समन्वय गरेर त्यहाँबाट सूचना संकलन गर्नेछ।

नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले आवश्यकताअनुसार प्रहरी टोली परिचालन गरी नेपाल, भारत र हङकङबाट आवश्यक सूचनाहरू संकलन गरिरहेको बताए। यसअघि प्रहरीले हङकङ र भारतको इन्टरपोललाई सहयोग गर्न पत्राचार गरिसकेको छ।

हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको ६० किलो सात सय १६ ग्राम सुन गत साउन ३ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। उक्त सुन प्रकरणमा भन्सारका कर्मचारीको सहयोगमा नेपाल भित्र्याइएको पाइएको छ। केही कर्मचारीहरू पक्राउ पनि परिसकेका छन्। रासस

प्रकाशित: १४ भदौ २०८० २१:४१ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast