समाजवादी मोर्चाको कर्णाली प्रदेश समन्वय समिति विस्तार

हिमाल प्रेस १४ भदौ २०८० १६:१७ | Thursday, August 31, 2023
समाजवादी मोर्चाको कर्णाली प्रदेश समन्वय समिति विस्तार फाइल तस्बिर

काठमाडौँ- समाजवादी मोर्चा नेपालले कर्णाली प्रदेश समन्वय समिति विस्तार गरिएको छ। आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित मोर्चाको सन्देशसभाबाट प्रदेश समन्वय समिति बनाइएको हो।

समितिमा समाजवादी मोर्चामा आवद्ध दलहरूले प्रत्येक दलबाट सदस्यहरूमा तीनतीन सिफारिस गरेका छन्। जसमा नेकपा माओवादी केन्द्रबाट प्रदेश अध्यक्ष बिमला केसी, कृष्ण बहादुर जिसी र दिनेश चँदाराको नाम सिफारिस रहेको छ।

यस्तै, नेकपा एकीकृत समाजवादीबाट पार्टीका उपमहासचिव समेत रहेका प्रकाश ज्वाला, प्रदेश अध्यक्ष अमरबहादुर थापा र ठगेन्द्र पुरीको नाम सदस्यमा सिफारिस गरिएको छ।

नेकपाको तर्फबाट बिराट सी, पौरख सी र सभ्यता सी तथा जसपाबाट देवीराज न्यौपाने, गगनबहादुर सारु र सन्तोषी विक सदस्य रहेका छन्।

प्रकाशित: १४ भदौ २०८० १६:१७ | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast