कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार

हिमाल प्रेस १४ भदौ २०८० ९:०० | Thursday, August 31, 2023
कञ्चनपुरमा प्रहरी हिरासतबाटै थुनुवा फरार सांकेतिक तस्बिर।

धनगढी- कञ्चनपुरमा प्रहरीकै हिरासतबाट एक थुनुवा फरार भएका छन्। बुधबार राति ८ः३० बजे कञ्चनपुरको महेन्द्रनगरस्थित वडा प्रहरी कार्यालयको हिरासत कक्षबाट थुनुवा फरार भएका हुन्।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका–६ हात्तिबोझाका २६ वर्षीय वीरेन्द्र बडायक प्रहरी हिरासतबाटै भागेका हुन्।

बडायक इलाका प्रहरी कार्यालय बेलौरीमा लागुऔषध सम्बन्धि मुद्दा दर्ता भई मिति साउनको १९ गतेदेखि वडा प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षमा थुनिएका थिए।

उनी थुनुवा हिरासत कक्षको बाथरुममा रहेको भ्यान्टीलेसनको ग्रिल तोडेर भागेको बताइएको छ। उक्त भ्यान्टीलेसनबाट बाहिर निस्केर भागेका उनको खोजतलासमा प्रहरी निरीक्षक यामबहादुर मल्लको कमाण्डमा ३० जनाको प्रहरी टोली खटाइएको छ।

प्रकाशित: १४ भदौ २०८० ९:०० | Thursday, August 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast