कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपर‍ाधको मुद्दा चल्ने

हिमाल प्रेस १३ भदौ २०८० १७:५६
26
SHARES
कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपर‍ाधको मुद्दा चल्ने

काठमाडौँ- सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को नियन्त्रणमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलविरुद्ध संगठित अपराधको मुद्दा चल्ने भएको छ। भेप (विद्युतीय चुरोट)भित्र राखेर सुन तस्करी गरेको आरोपमा उनलाई प्रहरीले आजै बुधबार उनलाई पक्राउ गरेको गियो।

अनुसन्धानका लागि सीआईबीले म्याद थपका लागि राहुललाई जिल्ला अदालत काठमाडौँ लगेको थियो। अदालतले पाँच दिन हिरासतमा राखेर अनसन्धान गर्ने अनुमति दिएको छ। संगठित अपराधमा प्रहरीले ६० दिनसम्म म्याद लिएर हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

२०७९ पुस १० मा दुबईबाट विद्युतीय चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गर्ने समूहसँग माओवादी उपाध्यक्ष महरा र उनको छोरा राहुलको सम्पर्क देखिएको थियो। सुन ल्याउने समूहका चिनियाँ नागरिक वाङसँग उनीहरूको सम्पर्क देखिएको हो। उपाध्यक्ष महरा आफैँले पनि चिनियाँ नागरिकसँग आफ्नो कुराकानी हुने गरेको स्वीकारेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरोले महरा र उनका छोरा राहुललाई सुन ल्याउने समूहका ‘मुख्य योजनाकार’ किटान गरेर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। अनुसन्धान प्रतिवेदनमा ‘मुख्य योजनाकार’ किटान गरेर बयानसमेत नगराएको भन्दै जिल्ला सरकारी वकिल कार्यालयले उनीहरूमाथि अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

पूर्वसभामुख महराले सुन तस्करीसम्बन्धमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताउँदै आएका छन्। चिनियाँ नागरिक वाङलाई फलफूल व्यापारीका रुपमामात्र चिनेको बताएका थिए।

सुन तस्करी प्रकरणमा राहुल महरा पक्राउ

प्रकाशित: १३ भदौ २०८० १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast