बर्खास्तमा परेका डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा

हिमाल प्रेस १३ भदौ २०८० १७:३८
644
SHARES
बर्खास्तमा परेका डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ- बर्खास्तमा परेका नेपाल प्रहरीका डीएसपी ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। ईलाका प्रहरी कार्यालय, बुटवल, रुपन्देहीको कार्यालय प्रमुख हुँदा उनले भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्खास्त डीएसपीविरुद्ध १८ लाख रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ।

केसीले बुटवल उपमहानगरपालिका अन्तर्गत हाटबजार नजिकबाट सेवाग्राहीको सुन लिई गई सुन फिर्ता गर्नको लागि रकम माग गरेका थिए। सो सूचनाका आधारमा केसीको निवासमा प्रहरीले खानतलासी गर्दा नगदसहित सुन भेटिएको थियो।

केसीले २०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका–५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल सुन १५ दिनसम्म आफू कार्यरत कार्यालयका अन्य जिम्मेवार कर्मचारीलाई कुनै जानकारी नगराई आफैँले जिम्मा लिएका थिए।

उनले सेवाग्राहीसँग अन्य व्यक्तिमार्फत मोलमोलाई गरी नगद ८ लाख ५० हजार रुपैयाँ नगद र ९ लाख ५० हजार रुपैयाँको चेकसमेत गरी जम्मा १८ लाख रुपैयाँ घुस रिसवत लिन लगाई सुन फिर्ता दिन जिम्मा लगाएको पुष्टि भएको अख्तियारले जनाएको छ।

निज ठग बहादुर केसीले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुरमा बिगो १८ लाख रुपैयाँ कायम गरी बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।

प्रकाशित: १३ भदौ २०८० १७:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast