वैवाहिक बलात्कार मुद्दामा श्रीमान्‌लाई कारबाहीको माग गर्दै आएकी आरतीले अनशन तोडिन्

हिमाल प्रेस १२ भदौ २०८० १९:२५
156
SHARES
वैवाहिक बलात्कार मुद्दामा श्रीमान्‌लाई कारबाहीको माग गर्दै आएकी आरतीले अनशन तोडिन्

काठमाडौँ- वैवाहिक बलात्कारको मुद्दामा श्रीमान् भुवन गिरीलाई कारबाहीको माग गर्दै आएकी आरती रावल (गिरी)ले अनशन तोडेकी छन्। मंगलबार गृह मन्त्रालयका उपसचिव कुलबहादुर जीसी र आरती गिरीबीच दुईबुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन्।

दुई बुँदे सहमतिमा श्रीमान्‌विरुद्धको वैवाहिक बलात्कार मुद्दा अदालतमा विचाराधीन रहेकाले आरतीको सुरक्षाका लागि गृह मन्त्रालयले मातहतका निकायलाई आवश्यक निर्देशन र सहजीकरण गर्ने भनिएको छ।

दोस्रो बुँदामा १० असार २०८० देखिको अनशन अन्त्य गर्ने भनिएको छ।

प्रकाशित: १२ भदौ २०८० १९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast