राजासहितको प्रजातन्त्रको माग गर्दै राप्रपा नेपालले भदौ २९ गते प्रदर्शन गर्ने

हिमाल प्रेस ११ भदौ २०८० १८:२१ | Monday, August 28, 2023
राजासहितको प्रजातन्त्रको माग गर्दै राप्रपा नेपालले भदौ २९ गते प्रदर्शन गर्ने

काठमाडौँ– राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा लुटतन्त्र चलिरहेको भन्दै लुटतन्त्रका अन्त्यका लागि अब जनता सडकमा आउनुपर्ने बताएका छन्।

आगामी भदै २९ गते पार्टीले वृहत वरोध प्रदर्शन आयोजना गर्ने सन्दर्भमा आयोजित तयारी बैठकलाई सम्बोधन गर्दै थापाले मुलुकमा अब मौलिक संस्करणको राजासहितको प्रजातन्त्रले मात्र देशलाई जोगाउन सक्ने समेत बताए।

मुलुकको गौरबशाली इतिहास ,धर्म संस्कृती पहिचानलाई समाप्त पार्न योजनाबद्ध रुपमा भएका षड्यन्त्र विरुद्ध नयाँ पुस्ता जागरुक हुनुपर्नेमा जोड दिँदै थापाले घिनलाग्दो भ्रष्टाचारको विरुद्धमा आन्दोलनको विकल्प नभएको समेत बताए।

राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण,आर्थिक समृद्धि र सुशासनको निमित्त अहिलेको व्यवस्था र प्रणाली परिवर्तन गर्नुपर्ने थापाको धारणा रहेको छ।

 

प्रकाशित: ११ भदौ २०८० १८:२१ | Monday, August 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast