‘संघले आवश्यक कानुन बनाउन नसक्दा प्रदेश र स्थानीय सरकारले काम गर्न सकेनन्’

हिमाल प्रेस १० भदौ २०८० १२:४२ | Sunday, August 27, 2023
‘संघले आवश्यक कानुन बनाउन नसक्दा प्रदेश र स्थानीय सरकारले काम गर्न सकेनन्’

काठमाडौँ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद्ले तीन तहको सरकारलाई तीन तहकै सरकारलाई आफ्नो अधिकार सम्पन्न बनाउन संघीय कानुन बनाउन नसकेको बताएका छन्।

आइतबार नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रथम महिला नेतृ मंगलादेवी सिंहको २७ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

सिंहले संघ सरकारले आवश्यक कानुनहरू निर्माण गर्ने हो भने स्थानीय तहले पूर्ण रुपमा आफ्ना काम, कारबाही अघि बढाउन सक्ने उल्लेख गरे। पछिल्लो सयम युवाहरू देश छोडेर पलायन भइरहेको बारे चिन्ता व्यक्त गर्दै सरकारले युवाहरूलाई स्वदेशमै स्वरोजगारको वातावरण बनाउनुपर्ने उनको भनाइ छ। सरकार र सबै राजनीतिक दलहरूले यसबारेमा गम्भीर भएर सोच्नुपर्ने उनले बताए।

नेता सिंहले नेपाल सबैका लागि भएकाले धर्मलाई राजनीतिसँग नजोडि सहअस्तित्वमा सद्भाव कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिए।

प्रकाशित: १० भदौ २०८० १२:४२ | Sunday, August 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast