खेलकुदमन्त्री लिम्बू अस्पताल भर्ना

हिमाल प्रेस ९ भदौ २०८० २२:२८ | Saturday, August 26, 2023
खेलकुदमन्त्री लिम्बू अस्पताल भर्ना मन्त्री लिम्बूसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत।

काठमाडौँ- युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु संक्रमण भएको छ। शुक्रबार साँझ एक्कासि ज्वरो आएर डेंगु संक्रमण देखिएपछि उपचारका लागि शनिबार मन्त्री लिम्बू वीर अस्पताल भर्ना भएको उनका स्वकीयसचिव रोशन राईले जानकारी दिए।

मन्त्री लिम्बू केही दिन पहिले मोरङका विभिन्न डेंगु प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री प्रदान गरी काठमाडौँ फर्किएका थिए। मन्त्री लिम्बूलाई डा ध्रुव गैरे नेतृत्वको टोलीले उपचार गरिरहेको जनाइएको छ। मन्त्री लिम्बूलाई भेट्न शनिबार साँझ स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत वीर अस्पताल पुगेका थिए।

प्रकाशित: ९ भदौ २०८० २२:२८ | Saturday, August 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast