रञ्‍जिता श्रेष्ठको खुलासा : रेशमलाई छुटाउन केपी ओलीले लिखित सम्झौता गरेका छन्

हिमाल प्रेस २८ मंसिर २०७९ १२:०२ | Wednesday, December 14, 2022
रञ्‍जिता श्रेष्ठको खुलासा : रेशमलाई छुटाउन केपी ओलीले लिखित सम्झौता गरेका छन् नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ। फाइल तस्बिर

टीकापुर- नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले सबै सरकारले रेशम चौधरी छुटाउन पटकपटक आश्वासन दिएका छन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट विजयी उनले चौधरी निर्दोष रहेको दाबी गरिन्।

अध्यक्ष श्रेष्ठले निर्दोष हुँदाहुँदै पनि जेल जीवन बिताउन बाध्य हुनुपरेको जिकीर गरिन्। उनले भनिन् ‘यसअघिका सरकारले पनि छुटाउने आश्वासन दिएका थिए। अघिल्लो सरकारका प्रधानमन्त्री केपी ओलीका पालामा त सरकार र हामीबीच लिखित सम्झौता नै भएको हो, त्यो सार्वजनिक नै छ सबैले हेर्दा पनि हुन्छ।’

उनले थपिन्,‘माओवादी अध्यक्ष प्रचण्ड सरकारमा हुँदा पनि छुटाउने आश्वासन दिनुभएको थियो। हाम्रो भेटमा उहाँले यो राजनीतिक प्रकृतिको मुद्दा भएकाले रेशमलाई न्याय हुन्छ भन्नुभएको थियो। तर सबै सरकारले आश्वासन मात्र दिए, काम कसैले गरेनन्।’

सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने निर्णय गरेकाले राजनीतिक क्षेत्रमा यसको पक्ष र विपक्षमा विभिन्न धारणा आइरहेका बेला नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष चौधरीको यो भनाई आएको हो।

अघिल्लो अर्थात् केपी ओलीको सरकारका पालामा विसं २०७७ फागुन २० गते तत्कालीन गृहमन्त्री रामबहादुर थापा र विप्लव नेतृत्वको नेकपाबीच तथा विसं २०७८ जेठ १८ गते नेपाल सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठ र थारु कल्याणकारिणी सभा थारुवान संघर्ष समितिका प्रमुख रुकमिणी चौधरीसहितको टोलीबीच टीकापुर घटनाका आरोपीहरुलाई रिहा गर्ने विषयमा लिखित सम्झौता भएको थियो।

 

प्रकाशित: २८ मंसिर २०७९ १२:०२ | Wednesday, December 14, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast